Logo

अर्थ

१० महिनामा ५० हजार ५ सय ८७ खसीबोका आयात



काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा ५० हजार ५ सय ८७ वटा खसीबोका आयात भएको छ।

४५ करोड रुपैयाँबराबरको खसीबोका आयात भएको देखिएको हो । खसीबोका नेपालमा भारतबाट आयात भएको देखिएको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भेडाच्याङ्ग्रा भने नेपालमा २ सय २० वटा मात्रै आयात भएको देखिएको छ ।

भेडा च्याङ्ग्रा चीनबाट आयात भएको छ। भन्सार कार्यालयबाट कर बुझाएर नेपाल प्रवेश गरेको संख्या यति देखिएको हो ।

नेपालको भारत र तिब्बतसँग खुल्ला सिमाना रहेकोले अवैधानिक रुपमा समेत खसिबोका तथा भोडा च्याङ्ग्रा आयत हुने आरोप लाग्ने गरेको छ ।

नेपालमा कृषि क्षेत्रमा सहुलियत कर्जा वितरण गरेर पशुपालनको लागि सरकारले प्राथमिकतामा राखे पनि खसिबोका तथा भेडा च्याङ्ग्राको लागि आयतको भर पर्नुपरेको देखिएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १३:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।