Logo

अर्थ

ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडी खाली, सिलिन्डर राखेर प्रदर्शन



विराटनगर । खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिको विरोधमा प्रदेश -१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले प्रदर्शन गरेका छन ।विराटनगर खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिको विरोधमा प्रदेश -१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले प्रदर्शन गरेका छन ।

उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडी खाली सिलिन्डरसहित उपभोक्ताले प्रदर्शन गरेका हुन् ।

उपभोक्ता अधिकारका लागि आवाज उठाउँदै आएको संस्था पब्लिक फोरमको अगुवाइमा प्रदर्शन गरिएको हो ।
संघीय सरकारले जस्तोसुकै निर्णय गर्दा पनि प्रदेश सरकारले मूकदर्शक भएकाले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गर्नुपरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

संघीय सरकारले गरेको निर्णयका कारण आम उपभोक्ता मारमा पर्ने भएकाले प्रदेश सरकारले आवाज उठाउनुपर्ने उनले बताए ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर, हामी पीडामा तिमी मोज मस्तीमा, महँगी र भ्रष्टाचार संघीय व्यवस्थाको उपज हो, प्रदेश सरकार सुतेको हो जस्ता नारासहितका प्लेकार्ड र खाली सिलिन्डर राखेर उनीहरूले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।