Logo

अर्थ

नीति तथा कार्यक्रमले अहिलेको समस्यालाई सम्बोधन गर्ने कोसिस गरेको छ : माधव नेपाल



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पेश गरेको नीति तथा कार्यक्रम आधारभूत रुपमा ठीक भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै सत्तारुढ गठबन्धनमा रहेका दलको धारणा अनुसार आएको पनि बताए ।

‘गठबन्धन दलको धारणालाई अगाडि सारेको छ,’ अध्यक्ष नेपालले भने, ‘जनताको मुद्दालाई, अहिलेको समस्यालाई सम्बोधन गर्ने कोसिस गरेको छ । राज्यका, समाजका सबै समस्यालाई अधिकतम रुपमा सम्बोधन गर्ने कोसिस गरेको छ ।’

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।