Logo

अर्थ

नेपालमा मूल्यवृद्धि हुनुको कारण रुस–युक्रेन युद्ध !



काठमाडौँ । सरकारले रुस–युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए ।

विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपालभारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इन्धन खरिद गर्ने गरिएको बताए ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा हुने मूल्य समायोजनाअनुसार नेपाल आयोल निगमलाई पेट्रोलमा दुई अर्ब, डिजेलमा तीन अर्ब ३९ करोड र एलपी ग्यासमा मासिक दुई अर्ब ९२ करोड घाटा रहेको भन्दै उनले निगम मासिक ६ अर्ब ७१ करोड घाटामा रहेको बताए ।

२२ अर्ब ४० करोड भारतीय आयल निगमर्ला तिर्न बाँकी रहेको जानकारी दिँदै उनले इन्धनमा लगाइएको घर घटाएर मूल्य घटाउने प्रस्ताव १० जेठमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए । सोहीअनुसार अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १३:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।