Logo

अर्थ

अर्थतन्त्र संकटमा फस्न थालिसक्यो : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्या ग्रस्त मात्रै नभई संकटमा फस्न थालिसकेको बताएका छन् । सरकारले संसदमा पेश गरेको आगामी वर्ष नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताए ।

उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए। गएको १० महिनामा मात्रै १६ खर्बको समान ल्याउने तर १ खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको छ। सरकारले तत्काल सङ्‍‍कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए । 

‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, सङ्‍कटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भने । 

उनले वर्षेनी ब्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् । ‘हाम्रो व्यापार घाटा उच्च भयो । गएको वर्ष पनि थियो । विगत १०–१२ वर्षयता लागतार ब्यापार घाटा छ । आगामी वर्ष अझ बढ्नेवाला छ । हाम्रो आम्दानीको स्रोत सीमित छ’, थापाले भने, ‘रेमिट्यान्स छ । थोरै वैदेशिक लगानी आएको छ । थोरै अनुदान आएको छ । आम्दानीको स्रोत कम छ । खर्च बढी छ ।’

उनले ब्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाएर निर्यात वृद्धि गर्नुपर्ने बताए । 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार ११:४९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।