Logo

अर्थ

अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेश गर्ने



काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेश हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेश भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १०:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।