Logo

अर्थ

आज विदेशी मुद्राको विनिमयदर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७७ पैसा र बिक्री दर १२४ रुपैयाँ ३७ पैसा कायम गरेको छ । 

युरो एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९५ पैसा कायम गर्दा पाउन्ड स्टर्लिङ एकको खरिद दर १५६ रुपैयाँ ५२ पैसा र बिक्री दर १५७ रुपैयाँ २८ पैसा कायम गरेकाे हाे । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८५ पैसा र बिक्री दर ८९ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ र बिक्री दर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८२ पैसा र बिक्री दर ३३ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार ०८:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।