Logo

ज्वाला संग्रौलासहित तीनजना पक्राउ



काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरू अहिले प्रहरी हिरासतमा छन् । 

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । 

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।