काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति रोष प्रकट गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीलाई शिक्षा र स्वास्थ्यमा कमिशन नआउने भएर बजेट घटाएको भन्दै प्रश्न गरे ।
‘टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिशन आउँदैन भन्नुभएको रहेछ। अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्याउनु भएन। अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु– शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआएर बजेट नबढाउनुभएको हो ?’
साथै उनले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताए । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि हुने बताए ।





















प्रतिक्रिया