काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बजेट कार्यान्वयन गर्दा महिलालाई रोजगारी र आयआर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन आग्रह गरेकी छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै सरकारसँग महिलालाई रोजगारी र आयआर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउनु आग्रह गरेकी हुन्।
‘उद्योगधन्दा, पर्यटन, रोजगारी हरेक क्षेत्र कोरोनाबाट प्रभावित भएको छ। कोरोनाबाट रोजगारी र आय श्रोत गुमाउनेमा महिलाहरुको संख्या धेरै छ,’ संग्रौलाले भनिन्, ‘त्यसैले बजेटको कार्यान्वयन गर्दा महिलाहरुलाई रोजगारी र आय आर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन म सरकारलाई आग्रह गर्दछु।’
प्रतिपक्षी दलका सांसदहरुले बजेटलाई चुनावी बजेट भनेको प्रति आपत्ति जनाउँदै उनले बजेटमा उत्पादन बढाउने र अर्थतन्त्रको आकार ठूलो बनाउने कार्यक्रमहरु लिएर आएको जिकिर गरिन्।





















प्रतिक्रिया