Logo

अर्थ

सांसदहरुको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमका लागि ७ अर्ब



काठमाडौं । सरकारले सांसदहरुको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमका लागि ७ अर्ब बजेट छुट्याएको छ । सांसदहरुले आफूले रोजेका आयोजनामा खर्च गर्न पाउने गरी बजेट दिने परम्परा रोक्न भन्दै सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक विकास गर्न यो कार्यक्रम सुरु गरेको थियो ।

चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सांसदहरुले छनोट गरेका निर्वाचन क्षेत्रभित्रका नेटवर्क सडकका लागि यो बजेट विनियोजन भएको हो ।

गत वर्ष यो शीर्षकमा सडक तथा पुल निर्माणका लागि मात्रै १ अर्ब ४८ करोड बजेट विनियोजन भएको थियो । आगामी वर्षका लागि ६ अर्ब ९८ करोड रुपैयाँ बजेट राखिएको छ ।

२१ चैत, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वतयारी नसकिकनै निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गरेका थिए । १६५ वटै संघीय निर्वाचन क्षेत्रमा ३ वर्षमा एक–एक वटा रणनीतिक सडक बनाउने योजनाअनुसार यो कार्यक्रम सुरु गरिएको थियो । यो कार्यक्रम अन्तरगत बन्ने सडकका लागि ५७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १८:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।