Logo

अर्थ

विशाल भट्टराईको प्रश्न : मूल्यवृद्धिले सीमा नाघ्यो, सरकार किन मुकदर्शक ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिले सीमा नाघ्दा पनि सरकार मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । उपभोग्य वस्तु खाद्यान्न दाल, चामल, तेल पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दासमेत सरकार मौन रहेको उनको टिप्पणी छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक भट्टराईले सरकारले के हेरिरहेको छ रु भनेर प्रश्न गरे । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बजारमा यावत् उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिकै कारण आम सर्वसाधारणले दैनिक जीवन चलाउन समेत नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले सर्वसाधारणले राज्य भएको कसरी महशुस गर्ने ?’ प्रतिप्रश्न गर्दै भट्टराईले भने, ‘छिमेकी मुलुकमा कर समायोजन गरे भने पनि महँगीलाई घटाइएको छ, उपभोक्तालाई राहत दिएको छ । तर हामी किन सकिरहेका छैनौं । उल्टो सातामा नै दुई–दुई पटक पेट्रोलियम पदार्थ मूल्य गरेर १८० रुपैयाँ पुर्याउने ?’
प्रतिनिधिसभामा प्रस्तुत भएको मूल्यवृद्धिसम्बन्धी जरुरी सावर्जजनिक महत्वको प्रस्तावमाथि अहिले सांसदहरुले धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १२:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।