Logo

अर्थ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई हल्का रुपमा नलिउँ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पेट्रोलियम पदार्थमा बढेको मूल्यलाई हल्का रुपमा नलिनका लागि आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा उनले नेपाललाई पेट्रोल, डिजेलमुक्त देश बनाउन ध्यान दिनुपर्ने बताएका हुन्।

‘कोभिड र त्यसपश्चात् रुस र युक्रेनको युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ,’ उनले भने, ‘यसले आउँदा दिन अझै चुनौतीपूर्ण हुने संकेत गरिरहेको छ।’ प्रतिनिधिसभा सांसद समेत रहेका थापाले भारतले गर्ने निर्णयबाट नेपालको बजार प्रभावित हुने बताए।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १२:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।