Logo

अर्थ

संघीय सरकारले बजेट कम दिएको भन्दै वीरगञ्जका मेयर असन्तुष्ट, सौतेनी व्यवहार गरेको आरोप



वीरगञ्ज । संघीय सरकारले वीरगञ्जलाई दिने बजेटको आकार घटाएपछि सौतेनी व्यवहार गरेको वीरगञ्जका प्रमुख राजेशमान सिंहले आरोप लगाएका छन् । वीरगञ्जमा शनिवार भएको उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै उनले केन्द्र सरकारले अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ५ करोड बजेट कम पठाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले वीरगञ्जबाट केन्द्रले धेरै राजश्व लिएर जाने तर बजेट भने कम दिएकोमा अचम्म लागेको बताए । उनले सो व्यवहारमा परिवर्तन आउनुपर्ने बताए । साथै सिंहले वीरगञ्जमा चिनी कारखाना रहेको, कृषि औजार कारखाना रहेकोले त्यसलाई चालू गर्न आग्रह गर्दै वीरगञ्जका युवाहरुलाई रोजगारी दिन अर्थमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १६:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।