Logo

अर्थ

नबिल बैंकले पाँच वर्षका लागि आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने



काठमाडौं । नबिल बैंकले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । बैंकले केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो ।

काठमाडौं महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षका लागि बुधबार सम्झौता भएको छ । जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।

शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले नै गर्नेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १३:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।