बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज लुम्बिनी प्रदेश सभामा आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
१८६ बुँदे नीति तथा कार्यक्रममा सुशासन कार्यक्रममा ‘हेलो मुख्यमन्त्री’, शैक्षिक सुधारका लागि ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ समावेश गरिएको छ । डिटिलल प्रदेश निर्माणको कार्यक्रम पनि अगाडि बढाइएको छ ।
आर्थिक नीतिमा उत्पादनमा वृद्धि, सुशासन, प्रदेशको राजनधानी राप्ती देउखुरी, लुम्बिनी अस्पताल, प्रदेश विश्व विद्यालय, जीवराज आश्रीत सडक निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्यमा आम जनताको अधिकारलाई पूणर्ता दिन स्वास्थ्य भवन निर्माण, औषधिको उपलब्धतालगायतको कार्यक्रम राखिएको छ । लुम्बिनी प्रादेशिक मुलककै नमुना अस्पताल तथा मुलुकै नमुना मेडिकल कलेजका रूपमा सञ्चालन गरिने पनि भनिएको छ ।
हेर्नुहोस् पूर्णपाठ :




















प्रतिक्रिया