Logo

उद्योग

गाईघाटमा डिशहोम फाइबनेटको सेवा विस्तार



काठमाण्डौ । डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, विराटनगर, नेपालगन्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव, आमडाँगी, लामाचौर, पावरहाउस, हरिवनसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल गाईघाटमा सुरुआत भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो–गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ। अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन् ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकका लागि डिश टीभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन् । फाइबरनेटका योजना १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटले आफ्ना ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएस र रु. ८९९ प्रतिमहिना पर्ने १०० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन् ।
डशहोम फाइबरनेट जडान गर्नका लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलरदाइकहाँ संपर्क गर्न सकिनेछ ।

आफ्ना ग्राहकमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।