Logo

अर्थ

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड



हेटौंडा । बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको  बताए ।

उनले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १७:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।