Logo

कर्पोरेट फोकस

नबिल बैंकमा आकर्षक सुविधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा



काठमाण्डौ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्डली बिजनेस लोन’ जारी गरेको छ ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जायोजना ल्याएको हो । यस कर्जा योजनाअन्तर्गत बैंकले साबिकको भन्दा ०.५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविजधाहरु प्रदान गरी व्यवसायीहरुमाझ वित्तीय पहुँचमा जोड दिनेछ ।

यसका साथै आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल एसएमई सहकार्य योजनामा’ आबद्ध गराउनेछ ।

‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिङअन्तर्गतको विभिन्न प्रयासहरुमध्येको एक हो। जसअनुरुप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्यमान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ’, बैंकका एसएमई एन्ड एमएफ विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) बताउँछन् । उनका अनुसार बैंकले यस कर्जा योजनाअन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमका रुपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १९:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।