Logo

टिप्पणी

वामदेव गौतम र घनश्याम भुषालको एउटै स्वर !



तत्कालिन नेकपाबाट एमाले र माओवादी केन्द्र अलग भएपछि एमालेमै रहेका तर माधव कुमार नेपालले एमाले फुटाएपछि एमाले पनि बन्न नसकेका र नेकपा एसतीर पनि जान कुरा नमिलेपछि त्यत्तिकै बसेका वामदेव गौतम र एमाले नेता घनश्याम भुषालको पछिल्ला कुराहरु मिलेका छन् ।

कुनै पनि पार्टीमा नलागेका बेला गौतमले सुरुमा नेकपा एकता भन्दै अभियान चलाएका थिए भने पछि एमाले विभाजन भएपछि एमाले एकता अभियान भनेर अभियान नै चलाएका थिए । केहि पार नलाग्ने देखेपछि चुपचाप बसेको उनी अमेरिका पुगेर रिफ्रेस भइ आएपछि फेरि जर्मुराएका छन् ।

स्थानीय तहको निर्वाचन परिणाम पनि नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भए देखीनै फेरि बामएकताको पक्षमा घनश्याम भुषालले क्याम्पेनिङ सुरु गरेका छन् । यता वामदेव गौतमले पनि आफ्नै हिसाबले नेकपा एकता अभियान पून सुरु गरेका छन् ।

भुषाल र गौतम दुवै जना पून बाम एकताको पक्षमा देखीएका छन् । उनीहरुले क्याम्पेनिङनै सुरु गरेका छन् । भुषाल र गौतम एकै ठाउँमा भएर अभियान नगरे पनि दुवै जनाको उदेश्य एउटै देखिन्छ । भुषालले त एमाले हारेको जिम्मा अध्यक्ष केपी ओलीले लिनुपर्ने बताउँदै राजिनामा समेत मागेका छन् ।

प्रतिनिधीसभाको निर्वाचन अघिनै ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउँने उदेश्य सहित वामदेवले काम थालेको छन् । उनले एकता अभियानको भेलानै बोलाएका छन् । नेकपा एकता अभियानको दोस्रो राष्ट्रिय भेला बोलाएका छन् । असार ११ गते शनिबार बिहान ८ बजे ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा नेता गौतमले एकता अभियानको भेला बोलाएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजनपछि राजनीतिमा निस्क्रिय रहेका गौतमले ओली नेतृत्वको एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्ने अनुमान गरिएको थियो । तर, उनी ओली वा नेपाल कतै पनि नलागी स्वतन्त्र रहँदै आएका छन् ।

नेकपाबाट राष्ट्रियसभा सदस्यसमेत रहेका पूर्वउपप्रधानमन्त्री गौतमले यसअघि नै ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेर पहिलो भेला गरिसकेका छन् । आगामी शनिबार दोस्रो भेला गर्न लागिएको नेता गौतमले बताए ।

भेलामा करिब एक सयजनाको सहभागिता रहने नेता गौतमले जानकारी दिए । पूर्वएमाले नेता गौतमलाई पूर्वमन्त्री हरि पराजुली लगायतले साथ दिँदै आएका छन् । एमाले, माओवादी र एकीकृत समाजवादीहरु मिलेर पून: नेकपा पूनर्गठन गर्नुपर्ने लाइनमा रहेका गौतमले पार्टी एकताका लागि दबाव दिन पूनः सक्रिय रहने बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १८:४२   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।