Logo

धर्म / संस्कृति

गृहमन्त्री खाणले गरे १ सय १३ हजयात्रीको बिदाइ



काठमाडौं । हज यात्रामा जाने अन्तिम टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले बिदाइ गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीलाई शुक्रवार मन्त्री खाणले त्रिभुवन विमानस्थलबाट बिदाइ गरेका हुन् ।

अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाइ गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावर अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । हज यात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ११:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।