Logo

गण्डकी प्रदेश

मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी धरापमा, राज्यमन्त्रीले दिइन् राजीनामा



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी फेरि पनि धरापमा परेको छ । प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि पोखरेलको कुर्सी धरापमा परेको हो ।
जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् । जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि आफूलाई समर्थन गर्ने चारै जना सांसदलाई मन्त्री बनाएका थिए ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १६:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।