नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउँछु भनेर लाग्दा लाग्दै वामदेव गौतमले आफैँ पार्टी खोलेका छन् । नयाँ पार्टी खोले पनी पार्टीको नाम नेकपा एकता अभियाननै राखेका छन् । नयाँ पार्टी घोषणा गरेको पहिलो दिननै गौतमलाई पहिलो गाँसमै ढुंगा भने जस्तै भएको छ ।
अभियानकै रुपमा रहेको संरचनालाई गौतमले पार्टीमा रुपान्तरण गरेका छन् । पार्टी घोषणा गरेका बामदेवले आफ्नो पार्टीमा श्रीमती देखी छोरा र पिए सम्मलाई केन्द्रिय सदस्य बनाएका छन् । परिवारवाद बाट माथी उठ्न नसकेको आरोप उनीमाथी लागेको छ ।
बामदेवकी श्रीमती तुलसा थापा हाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छिन् उनलाई पनि गौतमले आफ्नो पार्टीको केन्द्रिय सदस्य बनाएका छन् । गौतमले श्रीमती मात्रै होइन छोरालाई पनि केन्द्रीय सदस्य बनाएका छन् भने आफ्नो पिएलाई समेत केन्द्रिय सदस्यको लिस्टमा अटाएका छन् ।
परिवादवादको आरोप चर्कोसँग लागेपछि गौतमले यस बिषयमा प्रष्टिकरण दिएका छन् आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको उनले बताएका छन् । राजधानीमा नयाँ पार्टी घोषणा समारोहमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै गौतमले आफूले पदमा बसिरहने तीव्र आकांक्षा पूरा गर्नका लागि पार्टी खोल्न नलागेको बताए ।
यस्तै परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाए पनि गलत प्रचार भएको जिकिर गरे । ‘दुबै आरोप सत्य होइन । पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’
उनले आफू ७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा समाहित गरेको भन्दै आज ७३ वर्ष हुँदा पनि कम्युनिस्ट आन्दोलनको विकासकै लागि लागेकाले पदलोलुपताको आरोप लगाइनु गलत भएको बताए । ‘म व्यक्तिगत इच्छा पुरा गर्न छाडेर कम्युनिस्ट आन्दोलनको विकासका लागि पूर्णकालीन भएर भूमिगत हिँडेको थिएँ’, उनले भने, ‘कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु ।
मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला नेता पैदा हुनुभएको छ । गण्डकीभन्दा पश्चिममा मैले जिम्मेवारीमा रहँदा नयाँ क्रान्तिकारी वा त्यसबेलाको नेकपा मालेको जग हालिएको थियो । मैले कुनै कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पुरा गर्न आफूलाई लगाएको छैन ।’
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी दिएका हुन् ।
सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरु हुने गौतमले जानकारी दिए । पार्टी बहुपदीय प्रणालीमा जाने पनि जानकारी दिइयो ।




















प्रतिक्रिया