Logo

सूचना/प्रविधि

जब चीनका अन्तरिक्ष यात्रीले गरे ‘स्पेशवाक’…



बेइजिङ । चीनका अन्तरिक्ष यात्रूले मुलुकको इतिहासमा दोस्रोपटक सफलतापूर्वक स्पेशवाक पूरा गरेको छ ।

चीनको अन्तरिक्ष एजेन्सीले तीनमध्ये दुई अन्तरिक्ष यात्री स्पेस स्टेशसन बाहिर सात घण्टा बिताएको जानकारी दिएको छ ।

जिएसटिएन–टिभीको रिपोर्टअनुसार चीनका अन्तरिक्ष यात्रीले यसअघि २००८ मा पहिलोपटक स्पेशवाक गरेको थियो ।

चीनले जुनमा तीन पुरुष अन्तरिक्ष यात्रु निये हाइशेंग, लियु बोमिंग र तांग होंगबेलाई स्पेसमा पठाएको छ । तीनै अन्तरिक्ष यात्रु १७ जुनका दिन कोर मोड्युलमा सवार भएका थिए ।

चाइना मैन्ड स्पेस एजेन्सी (सिएमएसए) ले जनाएअनुसार बोमिंग र होंगबो स्पेशवाकको क्रममा अन्तरिक्ष यानभन्दा बाहिर निस्केका थिए । उनीहरू रोबोटिक आर्मको मद्तले अन्तरिक्ष यान बाहिर निस्केका हुन् ।

यस क्रममा तेस्रो अन्तरिक्ष यात्री निये हाइशेंगले स्पेस स्टेशनभित्रै बसेर दुबैलाई सहयोग गरेका थिए ।
चीनको यो स्पेस स्टेशन आगमी वर्षसम्म तयार भइसक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०९:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।