Logo

अर्थ

तरलता अनुपात कायम गर्न नसक्ने सात वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा



काठमाडौं । तरलता अनुपात (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसक्ने सात वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात कायम गर्न नसेकेको भन्दै राष्ट्र बैंकले सात वाणिज्य बैंकलाई क्यापीटल चार्ज लगाएको हो ।

कारबाहीमा पर्ने बैंकहरुमा प्राइम, एसबीआई, कुमारी, लक्ष्मी, सिद्धार्थ, सेञ्चुरी र सनराइज बैंक रहेका छन् । सबैभन्दा कम तरलता अनुपात कायम रहेको प्राइम बैंक हो । प्राइमको तरलता अनुपात १५.९१ प्रतिशत रहेको छ ।

यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत, कुमारी बैंकको १८.२३ प्रतिशत, लक्ष्मीको १८.८७ प्रतिशत, सिद्धार्थ बैंकको १९.०२ प्रतिशत, सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले हरेक दिन नै बैंकहरुको तरलता अनुपातलाई हेर्ने गर्छ । राष्ट्र बैंकले ११ वटा शिर्षकमा क्यापिटल चार्ज लगाउने गर्छ । जसमा एउटा शिर्षकमा तरलता अनुपात रहेको छ । बैंकहरुले आफूसँग भएको निक्षेपमा कम्तिमा २० प्रतिशत रकम तरल रुपमा राख्नपर्ने प्रावधान रहेको छ ।

राष्ट्र बैंकको ऐन अनुसार बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ख्याल गरेर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १४:०२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।