Logo

कर्पोरेट फोकस

सेञ्चुरी बैंकको निक्षेप १ खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशत



काठमाण्डौ । आव २०७८/७९ को चौथो त्रैमाससम्ममा सेञ्चुरी कमर्सियल बैंकले कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

२०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकिङ क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ ।

यस्तै २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्षअघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समीक्षा वर्षमा बैंकको कर्जा विस्तार करिब १७ प्रतिशतले भएको छ ।

यसका साथै बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७।९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५।०६ प्रतिशत कायम भएको छ। बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।