लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । गत बैशाख १९ गते प्रदेशसभाबाट विश्वासको मत लिन लाग्दा अल्पमतमा पर्ने देखेपछि राजीनामा दिएर पुन मुख्यमन्त्रीमा नियुक्त पोखरेल यतिबेला भने स्पष्ट अल्पमतमा पर्ने देखिएको हो ।
सत्तागठबन्धनले प्रदेशप्रमुख रहेका धर्मनाथ यादवलाई पदमुक्त गरेर अमिक शेरचनलाई नियुक्त गरेसँगै अल्पमतमा रहेका पोखरेल झन् अफ्ठेरोमा परेका छन् । नयाँ प्रदेशप्रमुखको नियुक्तिसँगै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावलाई अघि बढाएर पोखरेललाई पदमुक्त गर्ने तयारीमा सत्तागठबन्धन रहेको छ ।
यस्तो छ अंकगणित
लुम्बिनी प्रदेशमा हाल ८३ जना सांसद रहेका छन् । यसमध्ये एमालेका ३८, कांग्रेस र माओवादी केन्द्रका १९–१९, जसपाका ४ र राष्ट्रिय जनमोर्चाका एकजना सांसद रहेका छन् । यसमा पनि एमालेमा नेािल पक्षका दुइ सांसद रहेका छन् । नेपाल पक्षका दुइ सांसदले विपक्षी गठबन्धनलाई समर्थन गरेमा पोखरेलको पक्षमा जम्मा जम्मा ३६ मत हुनेछ ।
हाल जसपाको महन्थ ठाकुर समूहमा रहेका पोखरेलको समर्थन गरिरहेका प्रदेशसभा सदस्य तथा मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीले कारवाही गरिसकेको छ । उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएसँगै ठाकुर पक्षका सांसदहरुको पद निलम्बनमा परेको छ ।
मुख्यमन्त्री पोखरेलाई पदमुक्त गरेसँगै सत्ता गठबन्धनले स्पष्ट बहुमतका साथ सरकार निर्माण गर्नेछ ।




















प्रतिक्रिया