आन्तरिक राजस्व विभागले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अग्रिम कर कट्टिमा १० प्रतिशत छुट दिएको प्रस्ट पारेको छ । यसअघि विद्यार्थीले शिक्षण सेवा शुल्कमा १५ प्रतिशत अग्रिम कर बुझाउँदै आएकोमा विभागले आर्थिक अध्यादेश लागू भएपछि ५ प्रतिशत मात्रै अग्रिम कर कट्टि गरे पुग्ने प्रस्ट पारेको हो ।
आर्थिक अध्यादेशले १५ प्रतिशत लाग्दै आएको अग्रिम करकट्टी ५ प्रतिशत बनाइदिएको हो । शिक्षा सेवा शुल्क र अग्रिम कर कट्टि सम्बन्धमा अन्योल देखिएपछि विभागले राष्ट्र बैंकलाई सम्बोधन गर्दै लेखेको पत्रमा विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परिक्षा शुल्क बापतको रकम भुक्तानी गर्दा पाँच प्रतिशतका दरले अग्रिम कर कट्टि गर्नुपर्ने व्यवस्था भएको जानकारी दिएको छ ।
मुद्रा सटहीमा शिक्षा सेवा शुल्कमा २ प्रतिशत र अन्य शिक्षण सेवा शुल्कमा ५ प्रतिशत अग्रिम करकट्टी गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले राष्ट्र बैंकलाई पत्र काट्दै सम्बन्धित बैंकहरुलाई अनावश्यक शुल्क नलिन र करको विषयमा जानकारी दिन आग्रह गरेको छ ।




















प्रतिक्रिया