Logo

गण्डकी प्रदेश

लुम्बिनीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान, मुख्यमन्त्री पाेखरेलको दिनगन्ती सुरु



लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान भएको छ । प्रदेशसभाको विपक्षी गठबन्धनले विशेष अधिवेशन आव्हानको लागि समावेदन गरेपछि प्रदेशका प्रमुख अमिक शेरचनले  विशेष अधिवेशन आह्वान गरेका हुन् । 

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको बुझिएको छ । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेसँगै मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । 

Pradeshsabha.jpg

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।