Logo

अर्थ

सेयर बजार झिनाे अंकले घट्याे, एक अर्बकाे पनि भएन काराेबार



काठमाडौं । सेयर बजार झिनाे अंकले ओरालाे लागेकाे छ । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक  १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १६:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।