काठमाडौं । आगामी असोजदेखि शुक्रबार सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । नेप्सेको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले गत जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि शनिबार र आइतबार बन्द गरिएको थियो । सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आइतबारका लागि दिएको सार्वजनिक बिदा कटौती गर्यो ।
त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग गरेसँगै पहिलेको जस्तै साताको ५ दिन आइतबारदेखि बिहीबारसम्म मात्र सेयर कारोबार हुने व्यवस्था गर्न लागिएको हो ।




















प्रतिक्रिया