Logo

अर्थ

साढे १९ सयमा झर्‍याे नेप्से परिसूचक, मंगलबार २१.२२ अंकले घट्याे



काठमाडौं । ताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । मंगलबार १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे ।

मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिडी जलविद्युत् र सानिमामाई हाइड्रोको सेयर धेरै खरिद बिक्री हुने स्टक बन्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्य रह्यो ।

निरन्तर आरोलो लागेको बजारमा मंगलबार एक अर्ब १९ करोड हाराहारीको कारोबार भयो । मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १९ करोड ६७ लाख ५ हजार ६१३ रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १५:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।