Logo

अर्थ

आज अमेरिकी डलर, युरो र कोरियन वनसम्मको भाउ कति छ ? 



काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०४ पैसा रहेको छ भने युरोपियन युरोको भाउ आज पनि डलरभन्दा कम रहेको छ ।

आज एक युरोको खरिदमा १२६ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४० पैसा, साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ६५ पैसा रहेको छ । 

विस्तृतमा :

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।