लुम्बिनी प्रदेशमा सरकार जोगाउन र मन्त्री तथा सांसद कायम रहन माग गर्दै तीन मन्त्रीले हालेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । जनता समाजवादी पार्टी (जसपा(ले सांसदबाट पदमुक्त गरेका तीनजना प्रदेश सांसद तथा मन्त्रीहरुको सम्बन्धमा अन्तरिम आदेश दिन अश्वीकार गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने बारेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाउ आदेश जारी गरेको हो ।
प्रदेशसभाबाट जसपाको कारवाहीका आधारमा पदमुक्त भएका महन्थ ठाकुर पक्षका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेले पुनर्वहालीको माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रदेशसभासँग कारण माग गरेको हो ।
अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रदेशसभा सचिवालयलाई आदेश दिदै अन्तरिम आदेश दिने वा नदिनेबारे भदौ ८ गते दुवै पक्षलाई झिकाएको जानकारी अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दिए ।
अधिवक्ता शर्माका अनुसार हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका उनीहरुको माग बमोजिम अन्तरिम आदेश जारी नभएपछि अविश्वास प्रस्ताव दर्ता गरेर सरकार ढाल्न अघि बढेका विपक्षी गठबन्धनलाई फाइदा भएको छ ।




















प्रतिक्रिया