काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालयमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंक र नेत्रालय प्रा.लिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेबारे १९ भदौमा सम्झौता भएको हो । सोसम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट हात्तीगौँडा शाखा कार्यालयका प्रमुख कृष्ण दवाडी र काठमाडौं नेत्रालयका तर्फबाट निर्देशक रोहित सैँजुले हस्ताक्षर गरे ।
बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैकिङ कारोबार गरिरहेका ग्राहकहरूले काठमाडौं नेत्रालयद्वारा सञ्चालित सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
सम्झौताबमोजिम नेत्रालयमा सुविधा लिन चाहने बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, काठमाडौं नेत्रालयका उल्लेखित सेवाहरूमा आकर्षक छुट हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।




















प्रतिक्रिया