Logo

अर्थ

नेपाल पूर्वाधार सम्मेलनकाे चाैथाे संस्करण आजबाट सुरु



काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आजबाट सुरु हुँदैछ । विकासको लागि पूर्वाधार भन्ने नाराका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी गर्ने आकर्षित गर्ने दिगो विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा छलफल हुनेछ ।

सम्मेलनको थिम विकासका लागि पूर्वाधार (इन्फ्रास्ट्रक्चर फर ग्रोथ) रहेको छ। पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका मेयरहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरूको प्रस्तुति पनि रहने सम्मेलनले जनाएकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।