सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश नदिई संवैधानिक इजलासमा पठाएको हो ।
न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले बुधबार यो रिटलाई ‘गम्भीर संवैधानिक विषय’ भन्दै संवैधानिक इजलासमा पठान आदेश दिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार रिटमा अन्तरिम आदेश नभएका कारण प्रदेशसभाको बैठक सुचारु हुने बाटो खुलेको छ ।




















प्रतिक्रिया