लुम्बिनी प्रदेशमा नेकपा एमालेको सुर्य चिन्हबाट चुनाव जितेका सांसदले पनि गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेद्वार कुलप्रसाद के.सी.लाई साथ दिएका छन् । ती सांसद सहित ४२ सांसदको हस्ताक्षर लिएर के.सी.ले मुख्यमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।
के.क.पा. माओवादी केन्द्रको प्रदेशसभाका संसदीय दलका नेता समेत रहेका के.सी.ले ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
के.सी.को पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।




















प्रतिक्रिया