Logo

गण्डकी प्रदेश

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद निर्विरोध



लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनका उम्मेद्वार कुलप्रसाद के.सी. निविरोध निर्वाचित हुने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा समाप्त भइसक्दासम्म एमालेले दावी प्रस्तुत नगरेकोले के.सी.को मात्र उम्मेद्वारी परेको छ । माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता के.सी.को मात्र उम्मेद्वारी परेको छ । 

प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर संविधानको धारा १६८ (२) को सरकार गठनको लागि आह्वान गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि २२ घण्टाको समयावधि दिइएको हो ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ४२ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको छ । गठबन्धनमा आबद्ध प्रदेशसभा सदस्यले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।