Logo

अर्थ

सुनको मूल्यमा निरन्तर गिरावट, आज तोलामा ७०० रुपैयाँले घट्यो



काठमाडाैं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

प्रतितोला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ११:४०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।