काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ७ महिना यताकै सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (असोज ३ गते) सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यो मूल्य विगत सात महिना यताकै कम हो ।
यसअघि २०७८ माघ १७ गते सुनको मूल्य ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । भदौ महिनामा मात्र सुनको मूल्यमा प्रतितोला चार हजार ७०० रुपैयाँले गिरावट आएको। भदौ १ गते सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले भदौको अन्तिम दिन अर्थात् भदौ ३१ गते, सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोक्यो ।
असोज महिनाको पहिलो कारोबार दिन असोज २ गते, सुन तोलामा ३०० रुपैयाँले बढेरप्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया