Logo

अर्थ

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुत्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १२:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।