Logo

अर्थ

नेप्सेमा २३.८३ अंकको गिरावट, १ अर्ब ७ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१३ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीका ४० लाख १४ हजार ४ सय १९ कित्ता सेयर खरिद बिक्रिबाट १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ २४ पैसाको कारोबार भएको छ ।

आज अभियान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नबिल इक्विटी फण्डको इक्वाई मूल्य २.९४ प्रतिशतले बढेको छ । लक्ष्मी बैंकको शेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।

आज तेह्रथुम पावरको शेयर मूल्य सर्वाधिक ७.९० प्रतिशतले घटेको छ भने कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्तको शेयर मूल्य ६.६५ प्रतिशत घटेको छ भने निफ्राको शेयर मूल्य ६.४१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक घटेका छन् । जसमध्ये इन्भेष्टमेन्ट समुह सर्वाधिक २.८२ प्रतिशत, फाइनान्स समुह २.५७ प्रतिशत तथा हैदोर समुह २.५४ प्रतिशत घटेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १६:१२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।