Logo

अर्थ

वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर



काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैँ, तिहार, नेपाल संवत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वइन्ट अफ सेल (पोस) का माध्यमबाट प्रतिकारोबार  १ हजार वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ ।

भोलि असोज १० गतेदेखि आउँदो कात्तिक १३ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायमा रहेका पोसका माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाण्ज्यि बैंककै पोस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक हुनेछ । यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा रु. ५००, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा रु. ७५०, ११ देखि १५ पटकको कार्ड स्विफमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सोबराबरको रकम क्यास ब्याक हुनेछ ।

यसैगरी असोज ७ देखि असोज १४ गतेसम्म र कात्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा रु. १०० जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुनेछ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १७:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।