काठमाडौंं । सेयर बजार परिसूचक नेप्सेमा आज (बुधबार) सामान्य सुधार भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार भने ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ ।
यस दिन ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।
नेप्से उकालो लागेपनि बुधबार कारोबार रकम भने ५० करोड पनि पुग्न सकेन । बुधबार नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ ।




















प्रतिक्रिया