Logo

अर्थ

तोलामै ३ हजारले बढ्यो सुनको मूल्य



काठमाडौं । दसैँ बिदापछिको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार रुपैयाँ र तेजाबी सुन ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत असोज १४ गते पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन  छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन  ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। गत असोज १४ गते मूल्य स्थिर रहँदै चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १३:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।