Logo

प्रमुख समाचार

गुरुङको उम्मेदवारी खारेज भएपछि पौडेललाई थापामगरले टक्कर दिने, गठबन्धनले गर्‍यो यस्तो निर्णय



नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै अब एमालेका विष्णु पौडेललाई जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापामगरले टक्कर दिने भएका छन् ।

गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिका थापामगरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बुधबार गठबन्धन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सत्ताधारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि रूपन्देही–२ मा गठबन्धन उम्मेदवारबिहीन बनेको थियो । गुरुङलाई बैंकिङ कालोसूचीमा परेको तथ्य उजागर भएपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

सो क्षेत्रमा पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका नेता विष्णु पौडेल उम्मेदवार छन् । लगातार तीन पटक फराकिलो मतान्तरले चुनाव जितेका पौडेलको प्रमुख प्रतिस्पर्धी अब थापा बनेका छन् । यद्यपि, पौडेलको जित रोक्न भने उनी सफल नहुने अंकगणितले देखाउँछ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार १३:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।