नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापश्चिम १ मा पार्टीको आन्तरिक एकता थप सुदृढ भएको छ । केन्द्रीय सदस्य विनोद चौधरी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको सो क्षेत्रमा कांग्रेसलाई आन्तरिक रुपमा विभाजित गर्ने विपक्षीको प्रयास असफल भएसँगै चौधरीको जित सुनिश्चित भएको छ ।
सो क्षेत्रमा पकड भएका लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री विक्रम खनालले कांग्रेसभित्र कुनै समस्या नभएको बताउँदै चौधरीलाई फराकिलो अन्तरले जिताउनु सबैको कर्तव्य भएको बताए ।
जिमिरेभारेस्थित चुनावी सम्पर्क कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै महामन्त्री खनालले कांग्रेसको आन्तरिक कारणले निर्वाचनमा कुनै असर नपर्ने बताए । पार्टी मातहतका समिति र कार्यकर्तालाई निर्देशन दिदै खनालले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताए ।
‘आजसम्म पार्टीमा केही समस्या थियो भनेपनि अब त्यो सकियो । कांग्रेसको उम्मेदवारलाई जिताउनु हामी सबैको कर्तव्य हो । विनोद चौधरीलाई जिताएर हामी सबैले गौरवको अनूभूति गर्नेछौ’, खनालले भने । उनले कांग्रेस आन्तरिक रुपमा एकतावद्ध भइसकेको भन्दै अब कसैले हराउन नसक्ने दावी पनि गरे ।
महामन्त्री खनाल पनि सो क्षेत्रबाट कांग्रेसको टिकटको दावेदार थिए । कांग्रेसले चौधरीलाई उम्मेदवार बनाएपछि खनाल नै प्रस्ताव बसेर चौधरीको उम्मेदवारी दर्ता गराएका थिए । खनालले चौधरीका पक्षमा खुलेर वक्तव्य दिएसँगै कांग्रेसभित्र विवाद बढाउने प्रतिपक्षीको प्रयास असफल भएको छ ।
नवलपरासीमा लामो समयदेखि कांग्रेसको संगठन बलियो भएपनि आन्तरिक विवादमा खेलेर हृदयेश त्रिपाठी निर्वाचित हुने गरेका थिए । विनोद चौधरीको उपस्थितिसँगै नवलपरासी १ को दुवै प्रदेशसभा क्षेत्रमा कांग्रेस एकतावद्ध देखिएको छ । एकताकै बलमा आसन्न निर्वाचनमा जित हासिल हुने नवलपरासी कांग्रेसका नेताहरुको भनाई छ ।
‘हाम्रो उत्साह बढेको छ । आन्तरिक एकताले हाम्रो मतान्तर अझ बढ्नेछ । स्थानीय कांग्रेस नेताले भने ( अब कांग्रेसलाई नवलपरासी १ मा कसैले हराउन सक्दैन’, जित सुनिश्चित छ ।




















प्रतिक्रिया