Logo

कर्पोरेट फोकस

सर्बाधिक खुद नाफा कमाएको एनआईसी एसिया बैंकले यसपटक कति देला लाभांश ?



राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को घोषणा गरेको लाभांश रद्द गरि एनआईसी एसिया बैंकको लाभांश वितरणमा रोक लगाएको थियो। राष्ट्र बैंकले एनआईसीको चुक्ता पूँजी पर्याप्त नदेखिएको भन्दै लाभांश रद्द गरेको थियो । यस वर्ष वाणिज्य बैंकहरु मध्ये सर्बाधिक खुद नाफा कमाएको एनआईसी एसिया बैंकले यो वर्ष लाभांश देला कि नदेला अथवा कति देला भन्ने प्रश्न यतिबेला बैंकका सेयरधनीहरुमा उब्जिएको छ ।

राष्ट्र बैंकले एनआईसीको चुक्ता पूँजी पर्याप्त नदेखिएको भन्दै लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हालसम्म ८ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् भने १८ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । एनआईसी एसियाले पनि गत वर्षको लागि लाभांश घोषणा गर्न बाँकी नै छ ।

गत वर्ष २०७८/७९ को लागि बैंकले झण्डै साढे १९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ, भने वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १९.४३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ ।

४१ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको बैंकले यसपटक के गर्ला भन्नेमा लगानीकर्ताको जिज्ञासु छन् । बैंकले लाभांश घोषणा गर्नुपूर्ण वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेश गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि मात्र बैंकले लाभांश घोषणा गर्न पाउँछ ।

तर एनआईसी एसिया बैंकले हालसम्म वित्तीय विवरण राष्ट्र बैंकमा पेश भने गरेको छैन।

यस्तो छ एनआईसी एसिया बैंकको लाभांश इतिहास

बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद गरी कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३९ प्रतिशत बोनस सेयर र २।०५ प्रतिशत नगद गरी कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा २० प्रतिशत, २०६८/२०६९ मा २५ प्रतिशत, २०६७/२०६८ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/२०६७ मा २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०६२/२०६३ मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०६१/२०६२ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

२६ वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक नम्बर वान बैंकअन्तर्गत स्थापित हुन सफल बैंक छ । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १७:३७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।