काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउन्टर लमजुङको राइनास नगरपालिका–४ सातबिसे बजारमा आज कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याएको छ । यो विस्तारित काउन्ट भोटेवडार शाखाको मातहतमा रहने गरी सञ्चालनमा ल्याइएको छ ।
यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइसकेको छ ।
सुविधा सम्पन्न यस विस्तारित काउन्टरमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, रेमिट्यान्ससम्बन्धीको सेवाहरुलगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउन्टर, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।




















प्रतिक्रिया